एमाले नेतृ चन्द्र मायाले छोडिन् पार्टी (भिडियो सहित)

भद्रपुर । नेकपा एमालेकी झापा जिल्ला उपसचिव चन्द्रमाया श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेकी छिन् ।

पार्टी नेतृत्व स्वच्छारी र विचार सून्य गतिमा चलेको आरोप लगाउँदै श्रेष्ठले केही अग्रज कार्यकर्ता सहित पार्टी परित्यागको घोषणा गरेकी हुन् ।

चन्द्रगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उपसचिव श्रेष्ठले १८ बुँदे आरोप लगाउँदै झापामा एमाले छोड्ने लहर चल्ने समेत दावी गरेकी छिन् । उनले तीन दशक लामो कम्युनिस्ट यात्रा अव स्वतन्त्र वाम भएर अगाडि बढ्ने समेत स्पष्ट पारेकी छिन् ।

नेतृ श्रेष्ठले नेकपा एमाले तमाम कम्युनिस्ट कार्यकर्ताको रगत पसिनाले निर्माण भए पनि पछिल्लो समय केही व्यक्तिको गुट गिरोह र प्राइभेट कम्पनीमा रूपान्तरण हुँदै जाँदा अग्रज कार्यकर्तामाथि अपमान भइरहेको दुखेसो समेत पोखेकी छिन् । उनले झापा क्षेत्र नम्बर ३ राजावादी मण्डलेको पोल्टामा पाटी नेतृत्वले सुम्पेकै कारण एमालेविहिन हुँदै गएको समेत आरोप लगाएकी छिन् ।

श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्ति हेरौं