भद्रपुर । महिला आदर्श सेवा केन्द्र झापा र सत्य साइ केन्द्र भद्रपुरको संयुक्त आयोजनामा १६ दिने लैङ्गकि हिंसा बिरूद्धको अभियान अन्र्तगत झापा कारागारमा पिउने पानीका लागि ट्याङ्की सहित विभिन्न सामग्री प्रदान गरिएको छ ।
केन्द्रले महिला बन्दी गृहका महिला कैदी बन्दीहरूलाइ लक्षित गरेर एक हजार लिटरको पानीश्र ट्याङ्की, मादल, झ्याली झ्याम्टा, सहित खाद्यान्नका लागि चाउचाउ चिउरा मुरही लगायत सामग्री प्रदान गरिएको हो ।
सत्य साइ केन्द्रकी अध्यक्ष प्रभा श्रेष्ठको अध्यक्षता तथा भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा कैदी बन्दीका लागि आवश्यक स्टेसनरीका सामान समेत वितरण गरिएको थियो ।
महिला आदर्श सेवा केन्द्रकी कार्यवाहक अध्यक्ष हिमा पौड्याले सञ्चालन गरेको कार्यक्रममा साइ केन्द्रकी आरती पन्त महिला बन्दी गुहकी आन्तरिक प्रशासन प्रमुख रिता राई लगायतले मन्तव्य राखेका थिए ।
- समानुपातिकमा ७ दलले राष्ट्रिय दलको मान्यता पाए
- लेखापढी कानुन व्यवसायी एशोसिएसन भद्रपुरको १६ औं वार्षिक साधारण सभा सम्पन्न