लेखापढी कानुन व्यवसायी एशोसिएसन भद्रपुरको १६ औं वार्षिक साधारण सभा सम्पन्न

भद्रपुर । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति भद्रपुरको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

१० औं अधिवेशन समेत रहेको सभाको प्रदेश नं १ का गरिबी निवारण तथा भूमी व्यवस्था मन्त्री ओमप्रकाश सरावगीले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै एशोसियसनका केन्द्रीय अध्यक्ष सिताराम दाहालले व्यक्तिगत सम्पत्तिका रूपमा रहेको जग्गा कित्ताकाटलाई रोकेर जनतालाई दुःख दिने काम राज्य तथा राजनीतिक दलहरूले गरिरहेको आरोप लगाए ।

कार्यक्रममा मालपोत तथा भूमिसुधार कार्यालय भद्रपुरका प्रमुख योगेन्द्रप्रसाद दुलाल, एशोसिएसन केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष गोविन्द पोखरेल, १ नं प्रदेश प्रमुख युवराज कार्की, समितिका पूर्व प्रदेश प्रमुख पुरुषोत्तम अधिकारी, पूर्व केन्द्रीय सदस्य रमेश पोखरले, झापा समन्वय समितिका अध्यक्ष शुशिल निरौला, दमक इकाइ अध्यक्ष ताराबहादुर खड्का लगायतले आफ्ना धारणा राख्दै राज्यले तय गरेको कानुन अनुसार चल्नु पर्ने बताएका छन् ।

भद्रपुर इकाई समितिका अध्यक्ष लोकनाथ भट्टराईले संस्थाको सांगठानिक प्रतिवेद प्रस्तुतु गरेका थिए भने समितिका सचिव लवकुमार पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रमा स्वागत उपाध्यक्ष निरज पोखरेलले गरेका थिए । समितिको नेतृत्व छनौटका लागि आइतवार निर्वाचन हुने जनाईको छ ।