झापा ३ को १ मा राजवंशी निर्वाचित
भद्रपुर । झापा क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी निर्वाचित भएका छन् ।
राजवंशीले निवर्तमान प्रदेशसभा सदस्य तथा नेकपा एमालेका वसन्तकसमार बानियाँलाई एक हजार ६८ मतान्तरले पराजित गरेका हुन् ।
गठबन्धनका साझा उम्मेदवार बनेका राजवंशीले २० हजार ७५६ मत ल्याएका छन् भने राप्रपासँग चुनावी तालमेलबाट उम्मेदवार बनेका बानियाँले १९ हजार ७१८ मत प्राप्त गरेका छन् । २०७४ सालको निर्वाचनमा बानियाँले राजवंशीलाई हराएका थिए ।