झापा ३ मा लिङ्देनको अग्रता कायमै

भद्रपुर । झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार ४५ हजार १७८ मत गणना हुँदा उनी २ हजार ८३७ मतले अघि छन् ।

लिङ्देनले २१ हजार २८९ मत ल्याउदा निकटत्म प्रतिद्वन्दी नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले १८ हजार ४५२ मत ल्याएर पछ्याइरहेका छन् ।