झापामा ६७ प्रतिशत मत खस्यो

भद्रपुर । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका लागि झापामा ६७.२७ प्रतिशत मत खसेको छ ।

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको झापामा ६७.२७ प्रतिशत मत खसको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले जानकारी दिएका छन् ।

सबैभन्दा बढी प्रतिशत मत क्षेत्र नं १ मा र सबैभन्दा कम प्रतिशत मत क्षेत्र नं ४ मा खसेको पाइएको छ ।

निर्वाचन खसेको मत क्षेत्रगत रुपमा हेर्दा क्षेत्र नं १ मा ७२.६३ प्रतिशत , क्षेत्र नं २ मा ६५.४२ प्रतिशत , क्षेत्र नं ३ मा ६८.२० प्रतिशत , क्षेत्र नं ४ मा ६४.४४ प्रतिशत र क्षेत्र नं ५ मा ६६.२० प्रतिशत मत खसेको पाइएको हो ।