मतदान केन्द्रमा बम विष्फोट

भद्रपुर । झापाको झापा गाउँपालिकास्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ । मतदान चलिरहेका बेला बिहान १० बजेर २० मिनेटमा झापा गाउँपालिका वडा नं २ स्थित कुवाडी देवी मावि मतदान केन्द्र परिसरमा सुतली बम विष्फोट भएको हो ।

मतदान गरिरहेको ठाउँबाट करिब ३० मिटर टाढा भएको बम विष्फोटबाट कुनै क्षति नभएपनि ठूलो आवाजका साथ बम पड्किदा मतदाताहरु भयभित बनेका थिए । विष्फोटपछि मतदान कार्य केही समयका लागि रोकिएको थियो । आधा घण्टा पछि पुनः मतदान सुचारु भएको स्थानीय मतदाता बरत राजवंशीले बताए ।

(तस्विर सांकेतिक मात्र हो)