झापामा आम निर्वाचन भयरहित वातावरणमा सम्पन्न

भद्रपुर । झापामा आम निर्वाचन २०७९ भयरहित वातावरणमा उत्साहका साथ सफलता पूर्वक सम्पन्न भएको छ ।

केही स्थानमा सामान्य विवाद देखिए पनि समग्रमा भयरहित वातावरणमा मतदाताले मतदान गर्दै उत्साहका साथ सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

स्थानीय तह निर्वाचनको तुलनामा मतदाताको सहभागिता केही कम देखिएको यस निर्वाचनमा झापामा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेका थिए ।

झापाका केही मतदान स्थलका दृष्यहरू भिडियोमा जस्ताको त्यस्तै हेरौं……..