झापामा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण

भद्रपुर । झापामा प्रारम्भिक विवरण अनुसार ६० प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेदेखि शुरु भएको मतदान ५ः०० बजेसम्म सञ्चालन हुँदा ६० प्रतिशत हाराहारी मत खसेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

कूल मतदाताको करिब ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख निर्वाचन अधिकृत तुलसीकुमार नेपालले जानकारी दिए ।

उनका अनुसार झापाको मतदानको यकिन तथ्यांक राति ९ बजेसम्ममा प्राप्त हुने छ ।

मतदानका क्रममा झापाका चार स्थान मेचीनगर, बुद्धशान्ति, शिवसताक्षी र गौरीगञ्जको एक/एक मतदानस्थलमा मतदान अवरुद्ध भएको थियो । ती स्थानको विवाद समाधान गरेर मतदान सुचारू समेत गरिएको थियो ।