झापा क्षेत्र नं. ३ बाट १८ जनाको मनोनयन दर्ता
भद्रपुर । झापा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा १८ जनाको मनोनयन दर्ता भएको छ ।
जसमा नेपाली कांग्रेसको तर्फबाट कृष्ण प्रसाद सिटौला, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट राजेन्द्र प्रसाद लिङ्गदेन, सचेत नेपाली पार्टीको तर्फबाट ओम प्रकाश खरेल, नेपाल मजदुर किसान पार्टीको तर्फबाट कृष्ण गोपाल छुस्यावाग, राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट राजेन्द्र लिम्वु, मौजिक जरोकिलो पार्टीको तर्फबाट चुडामणि अधिकारी रहेका छन् ।
त्यसै गरी संघिय लोकतान्त्रिक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट डम्बर बहादुर लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट देवी रमण भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट देवेन्द्र किशोर ढुंगाना, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रकाश पाठक, नेपाली कांग्रेस (वी.पी.) को तर्फबाट भक्ती प्रसाद पनेरु, जनमत पार्टीको तर्फबाट भोटलाल राजवंशी, हाम्रो नेपाल पार्टीको तर्फबाट योगेन्द्र प्रसाद खनाल, जनता समाजवादी पार्टी, नेपालको तर्फबाट वीर बहादुर राई, मंगल नेशनल अर्गनाइजेशनको तर्फबाट श्याम बहादुर लिम्वु, रहेका छन् भने स्वतन्त्र तर्फ डम्बर बहादुर गिरी, प्रेम प्रसाद खनाल र मनोरथ राजवंशी रहेका छन् ।
झापा क्षेत्र नं. ३ (क)
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ (क) तर्फ ८ जनाले मनाेनयन दर्ता गराएका छन् जसमा नेपाली कांग्रेसको तर्फबाट भूमि प्रसाद राजवंशी, नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को तर्फबाट बशन्त कुमार बानिया, नेपाली कांग्रेस (वी.पी.) को तर्फबाट अनुप राय, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट अम्बर बहादुर लिम्वु, जनमत पार्टीको तर्फबाट देव कुमार चौधरी, मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट मदन हाङ्ग तावा, राष्ट्रिय जनमुक्ति पार्टीकाे तर्फबाट सेकेन्द्र राजवंशी रहेका छन् भने स्वतन्त्र तर्फ जमालुदिन मिया, हेमलाल भट्टराई र त्रिलोचन मैनाली रहेका छन् ।
झापा क्षेत्र नं. ३ (ख)
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ (क) तर्फ ८ जनाले मनाेनयन दर्ता गराएका छन् जसमा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट छविलाल चुडाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट पूर्ण प्रसाद राजवंशी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट थिर बहादुर खवास, जनता समाजवादी पार्टी, नेपालको तर्फबाट ध्रुव कुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेलिनवादी) को तर्फबाट नवराज खरेल, जनमत पार्टीको तर्फबो प्रदिप कुमार राजवंशी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट बैजनाथ गणेश, हाम्रो नेपाल पार्टीको तर्फबाट मान प्रकाश सिटौला, मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट याम कुमार श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट सेकेन्द्र राजवंशी र स्वतन्त्रतर्फ त्रिलोचन मैनालीको उम्मेदवारी मनोनयन दर्ता रहेका छ ।