राष्ट्र सेवक सहकारीको २३ औं सभा सम्पन्न

भद्रपुर । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुर १० चन्द्रगढीको २३ औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरिएको छ ।

सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष तथा सहकारी विभाग प्रमुख रेवन्त गौतमको प्रमुख आतिथ्यमा सभा सम्पन्न गरिएको हो ।

उपाध्यक्ष डिल्ली ढकालले स्वागत गरेको कार्यक्रमममा अध्यक्ष अधिकारीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक करोड ६४ लाख ३ हजार शेयर पूँजी तथा ८ सय ६ जना शेयर धनी सहितको विवरण पेश गरेका थिए ।

सचिव नवराज पोखरेलले सञ्चालन गरेको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ वराल, झापा जिल्ला सहकारी संघका सहसचिव कृष्णप्रसाद मिश्र, नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ संयोजक लक्ष्मीप्रसाद गुरागाई, पेशागत महासंघ नेपालका स्थायी समिति सदस्य एवम् प्रदेश १ का अध्यक्ष देवराज कार्की, निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेल, राष्ट्र सेवक सहकारी इलामका अध्यक्ष गणेश अधिकारी, प्रकाश एकता कृषि सहकारीका अध्यक्ष गोपालप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।