लाखेनाच नेपाली संस्कृतिका रूपमा नचाइदै
भद्रपुर । नेवारी समुदायको मौलिक संस्कृति भित्र रहेको सांस्कृतिक नाचका रूपमा लाखेनाचलाई हेरिने गरेको छ । झापा सदरमुकाम चन्द्रगढी भद्रपुरमा पनि नेवा: समाज कल्याण गुठीले हरेक वर्ष कृष्ण जन्माष्ठमी पर्वसित जोडेर लाखेनाच नचाउने गरेको छ ।
पछिल्लो समय केही व्यक्तिहरूले लाखेनाचलाई कमाइखामने भाँडो बनाएर व्यापारिक प्रयोजनमा लगाउन थालेकोप्रति गुठीका अध्यक्ष नारायण श्रेष्ठ विकृति फैलने चिन्ता व्यक्त गर्दछन् ।
गुठीले हरेक वर्ष नेवारी संस्कृति रक्षाका लागि लाखे नचाउने गरेको छ भने त्यसको विरोधमा भद्रपुरमा केही व्यक्तिहरू पैसा कमाउन अर्कै समूह खडा गरेर लाखे नचाएर पैसा बटुल्ने गरेको जनगुनासो समेत आउने गरेको छ ।