परोपकार टोलको अध्यक्षमा गेलाल

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ७ मा अवस्थित परोपकार टोल विकास संस्थामा नविन गेलालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

परोपकार टोल विकास संस्थाको दोस्रो साधारण सभाबाट शनिबार गेलालले ८१ मत हासिल गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् भने प्रतिद्वन्दी नर बहादुर लिम्बुले ३९ मत प्राप्त गर्न सफल भएका थिए ।

त्यसै गरी उपाध्यक्ष पदमा प्रेम न्यौपानेले ८३ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिद्वन्दी छविलाल पराजुलीले ३७ मत प्राप्त गर्न सफल भएका थिए, सचिव पदमा प्रवेश न्यौपानेले ८५ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिद्वन्दी कुल बहादुर गुरुङ्गले ३३ मत प्राप्त गर्न सफल भएका थिए ।

सहसचिव पदमा विगत लेप्चा, कोषाध्यक्ष पदमा विष्णु कोइराला, सदस्यहरु विन्दु न्यौपाने, भोला पासवान, कुमारी राई, रुथ जनक शाही, मनिष गुरुङ्ग र लोक बहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए । निर्वाचन समितिमा संयोजक अधिवक्ता भरत प्रसाई, अधिवक्ता मोहन प्रसाद ढकाल र मेनका शर्मा रहेका थिए ।

सत् मिलन समूहको भवनमा आयोजित साधारण सभामा संस्थाका अध्यक्ष गंगा प्रसाद श्रेष्ठको अध्यक्षता, भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यता, नगर उपप्रमुख राधा कार्कीको विशेष अतिथ्यता, ७ नं. वडा अध्यक्ष अभिषेक ढुंगाना, अधिवक्ता भरत प्रसाई, पशुपति चापागाई लगयातको आतिथ्यतामा सम्पन्न साधारण सभाको संचालन संस्थाका सचिव महेन्द्र कोइरालाले गरेका थिए ।