भद्रपुरमा ८० राउण्ड गोली सहित एक व्यक्ति पक्राउ

भद्रपुर । भद्रपुरमा प्रहरीले ८० थान पेस्तोलको गोली सहित एक जना व्यक्ति पक्राउ परेको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ देवीवस्तीका १८ वर्षीय मोहम्मद प्यारे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनामा संलग्न सोही ठाउँका १८ वर्षीय वरुण सहनी भने फरार रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए

विशेष सूचनाका आधारमा प्रहरी टोली बुधवार बिहान ३ बजे प्यारेको घरमा खोज तलासका क्रममा छोपेर राखेको अवस्थामा ८० राउन्ड पेस्तोलमा लाग्ने गोली, एउटा मोबाइल, मोबाइलमा लाग्ने २७ थान चार्जर, सटर फुटाउन प्रयोग गर्ने फलामे रड र पसल फुटाएर ल्याएका तालाहरूसमेत बरामद गरेको थियो । प्रहरीले चोरी भएका मोबाइलका कार्टुनहरू चाहिँ प्रियङ्का मोबाइल पसल पछाडिको झार जङ्गलबाट फेला पारेको जनाएको छ ।