गुरु पूर्णिमाको अवसरमा भद्रपुरमा गुरुहरुलाई सम्मान

भद्रपुर । भद्रपुर नगरपालिका ६ स्थित गुरुकुल वेद विद्याश्रमले भद्रपुरलाई कार्यक्षेत्र वनाई लामो समय सम्म शिक्षा क्षेत्रमा कार्यरत ३ जनालाई पुरस्कार एवम् सम्मान प्रदान गरेको छ ।

विद्याश्रमले गुरु पूर्णिमा एवम् भानुजयन्तिको अवसर पारेर भद्रपुर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक राम नारायण प्रधान, सोही विद्यालयमा शिक्षिकाको रुपमा लामो समय सम्म कार्यरत देवीमाया क्षेत्री र पुहाँतु जनज्योति मा.वि. संचालक समितिका अध्यक्ष परमानन्द मिश्रलाई पुरस्कृत गरिएको हो ।

पुरस्कार एवम् सम्मान पत्र प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र विद्याश्रम संचालन समितिका अध्यक्ष रेमनाथ चुडालले प्रदान गरेका थिए । सोही अवसरमा भद्रपुर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधि एवम् भद्रपुर नगर क्षेत्रका सामुदायिक विद्यालयका वर्तमान एवम् पूर्व प्रधानाध्यापक लगायत शिक्षक शिक्षिकालाई पनि सम्मान गरिएको थियो ।

सो अवसरमा प्रमुख अतिथि पोखरेलले पुरस्कृत एवम् सम्मानित सवैलाई शुभकामना व्यक्त गर्दै गुरुहरुले शिक्षाको ज्योति फैलाउने काम गर्नु भएकोमा विशेष धन्यवाद ज्ञापन गरेका थिए ।

यसैगरी आजै भद्रपुर स्थित इनरव्इल क्लबले आफ्नो प्रथम वार्षिक उत्सव एवम् गुरु पूर्णिमाको अवसर पारेर भद्रपुर क्षेत्रका ३ जना शिक्षिकालाई पुरस्कृत एवम् सम्मान गरेको छ ।

भद्रपुर ६ स्थित डेग्लो होटलमा आयोजित एक कार्यक्रमवीच पुरस्कृत एवम् सम्मानित हुनेहरुमा शारदा बालिका विद्यालय भद्रपुरकी पूर्व प्रधानाध्यापक प्रभा घिमिरे, भद्रपुर माध्यमिक विद्यालयका शिक्षिक देवीमाया क्षेत्री र पृथ्वी नि.मा.वि. भद्रपुरकी पूर्व शिक्षिका जोश्ना कुण्डु रहेका छन् ।

इनरव्इल क्लबकी अध्यक्ष कुशुम अधिकारी पराजुली र क्लबका पदाधिकारीले पुरस्कृत व्यक्तित्वलाई खादा ओडाई पुरस्कार एवम् सम्मान प्रदान गरेका थिए ।