महिला चेतना जागृति विकासमा सञ्जु
भद्रपुर । महिला चेतना जागृति विकास समूह भद्रपुर १० को अध्यक्षमा सञ्जु चौहान निर्विरोध निर्वाचित भएकी छिन् ।
४ वर्षे कार्यकालका लागि समितिको उपाध्यक्षमा उर्मिला गुरागाई, सचिव सविता मैनाली, सहसचिव जालपा तिम्सेना र कोषध्यक्षमा लीला घिमिरे सर्व सम्मत चयन भएका हुन् ।
यसैगरी सदस्यहरूमा क्रमशः यमुना आचार्य, शशिकला गुरागाई, देवीमाया नेपभल, दुर्गा अधिकारी र गुलावी राजवंशी चयन भएको समूहका शुभचिन्तक ज्ञानबहादुर चौहानले जानकारी दिएका छन् ।
भूमादेवी घिमिरेको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममका बीच समूहको कार्यालय भवन समेत उद्घाटन गरिएको छ ।
८ धुर क्षेत्र फलमा १५ लाख बढी लागतमा निर्मित भवनको प्रमुख अतिथि पोखरेलले उद्घाटन गरेका हुन् ।