दुर्गापञ्चायनको अध्यक्षमा रघुनाथ सर्वसम्मत
भद्रपुर । भद्रपुर १० विपि चौक स्थित दुर्गा पञ्चायन मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा पंण्डित रघुनाथ रिमाल सर्वसम्मत चयन भएका छन् ।
४ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा सकुन्तला पोखरेल, सचिव शालिग्राम नेपाल, सहसचिव काशिनाथ घिमिरे र कोषध्यक्षमा जगलाल राजवंशी सर्वसम्मत चयन भएका हुन् ।
यस्तै सदस्यहरूमा क्रमशः संगीता खतिवडा, तारा अधिकारी खनाल, तारा पौडेल अधिकारी, किशोर पौडेल, पशुपतिनाथ सुवेदी र नयाँनाथ पाण्डे रहेका छन् ।