सत्यलक्ष्मीको आठौं सभा सम्पन्न

भद्रपुर । सत्यलक्ष्मी कृषि सहकारी संस्था लिमिटेड.भद्रपुर १० को ८ औं वार्षिक सभा चन्द्रगढीमा सम्पन्न गरिएको छ ।

सस्थाका अध्यक्ष नयाँनाथ पाण्डेको सभापतित्व तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरिएको हो ।

कार्यक्रममा सहकारीका अध्यक्ष पाण्डेले ५ लाख ६४ हजार शेयर पूँजी र ९४ जना शेयर धनी विवरण प्रस्तुत गर्दै वार्षिक गतिविधि पेश गरेका थिए ।

उपाध्यक्ष दीपबहादुर राउतले स्वागत गरेको कार्यक्रमममा संस्थाका सल्लाहकार संयोजक कमलप्रसाद अधिकारी, शिक्षा समिति संयोजक खड्गबहादुर बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।