आरोही ईन्भेष्टमेन्टको दोस्रो साधारण सभा सम्पन्न

भद्रपुर । झापा जिल्लाको भद्रपुर ७ मा रहेको आरोही इन्भेष्टमेन्ट कम्पनी प्रा. लि.को शनिबार हाेटल उडल्याण्डमा दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष रमेश प्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न साधारण सभामा अध्यक्ष द्वारा अध्यक्षको प्रतिवेदन,  प्रवन्ध निर्देशक प्रकाश भण्डारीबाट प्रवन्ध निर्देशकको प्रतिवेदन, च्यवनमणि पोलरेलबाट विद्यालयको प्रगति प्रतिवेदन र इश्वर अधिकारीबाट होटलको प्रस्तुत प्रगति प्रतिवेदन माथि छलफल गरी सर्वसम्मत अनुमोदन गरी सम्पन्न भएको हो ।

२०७६ साल चैत महिनामा भद्रपुरका १८ जना, विर्तामोडका २ जना र मेचीनगरका १ जना गरी २१ जना युवाहरुकाे सामुहिक लगानीमा स्थापित कम्पनीले भद्रपुर ५ स्थित सिद्धार्थ शिशु सदन र भद्रपुर ८ स्थित होटल उडल्याण्ड समेत संचालन गरि रहेको छ ।