गणतन्त्र दिवसको अवसरमा बाह्रदशी जेसीजले गरे दीप प्रज्वलन

बाह्रदशी । गणतन्त्र दीवसको अवसरमा बाह्रदशी जेसीजले बाह्रदशी स्थित फुलबारी चौकमा दीप प्रज्वलन कार्यक्रम गरी मनाएको छ ।

उपायक्ष सदीक्षा खड्काले जेसीज आस्था बाचन गरेको कार्यक्रममा बाह्रदशी जेसीज वर्ष २०२२ का अध्यक्ष पुष्पलाल धमलाको सभापतित्व तथा नेपाली कांग्रेस बाह्रदशीका गाउँ सभापति इन्द्र बहादुर बस्नेको अध्यक्षतामा सम्पन्न दीप प्रज्वलन कार्यक्रमको संस्थापक अध्यक्ष विगम श्रेष्ठ, राजनीतिक व्यक्तित्व शंकर सेडाई, प्रेम प्रसाद पौडेल, ओम प्रकाश गौतम, सूर्य कार्की स्वास्थ्य कर्मी अमृत पाठक, शिक्षक जीवन धमला, जेसीज तथा सर्वसाधारण लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम संयोगक सचिव कुमार कटुवालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष लक्ष्मी प्रसाद उप्रेतीले स्वागत मन्तव्य र संचालन महासचिव टंक बहादुर कार्कीले गरेका थिए ।

२०६५ साल जेठ १५ गते ऐतिहासिक संविधान सभाको पहिला बैठकले एक सताप्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघिय गणतान्त्रिक मुलक घोषणा गरेको थियो । २०६२÷०६३ सालको जनआन्दोलको जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने गरिन्छ ।

१० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलको बलमा स्थापित जाहानिय राजतन्त्र अन्यत भएर आजको दिन गणतन्त्रमय भएको थियो । ऐतिहासिक दिनको सम्मान स्वरुप जेठ १५ गते देशले गणतन्त्र दिवस मनाउने गरेको छ ।