स्थानीय तह निर्वाचनमा नेकपा एमाले अग्र स्थानमा

झापा । झापामा स्थानीय तह निर्वाचनको मतगणना आज बिहान ४ बजे सकिएसंगै सवै पालिकाहरुको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणम अनुसार नेकपा एमाले अग्र स्थानमा रहेको छ । उसले झापाका ८ नगरपालिका मध्ये ६ वटामा जित हात पारेको छ भने ७ गाउँ पालिका मध्ये एउटामा जित निकालेको छ । २०७४ को निर्वाचनमा पनि एमालेले ६ नगरपालिका र एक गाउँपालिकामा जित हात पारेको थियो । तर, यसपटक उसले केपि ओलीको निर्वाचन क्षेत्र एवम गृह नगरमा रहेको दमक नगरपालिका गुमाएको छ ।

यसैगरी नेपाली कांग्रेसले यसपालिको निर्वाचनमा एक नगरपालिका र ५ गाउँपालिकामा जित निकालेको छ । २०७४ को निर्वाचनमा २ नगरपालिका र ३ गाउँपाकिामा जित हासिल गरेको थियो । यता राप्रपाले एक नगरपालिका (दमक नगरपालिका) र एक गाउँपालिकामा जितेको छ । विगतको निर्वाचनमा ३ गाउँपालिका बिजय हासिल गरेको थियो ।

यसरी नेकपा एमालेले उपप्रमुख तथा उपाध्यक्ष १० वटा जित हासिल गरेको छ । त्यसैगरी नेपाली काँग्रेसले १ प्रमुख तथा ५ अध्यक्ष र १ उपप्रमुख तथा २ उपाध्यक्षमा विजयी बनेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ वटा प्रमुख तथा १ अध्यक्ष जितेको छ भने १ उपप्रमुख १ उपाध्यक्ष जितेको छ ।

त्यस्तै जिल्लाका १ सय ३१ वडामा नेकपा एमालेले ६१ वटा वडा अध्यक्षमा जित हासिल गरेको छ भने नेपाली काँग्रेसले ५१ वटा वडा अध्यक्ष जितेको छ । त्यस्तै राप्रपा र माओवादी केन्द्रले ७/७ वटा वडा अध्यक्ष जितेका छन भने नेकपा एकीकृत समाजवादीले १ वडा अध्यक्ष जितेको छ । झापामा ४ जना स्वतन्त्र उम्मेद्वारहरुले वडा अध्यक्षमा जित दर्ता गराएका छन् ।