सेवा निवृत्त कर्मचारीको भद्रपुरमा नगर प्रमुख लगायत वडाध्यक्षहरूलाई सम्मान

भद्रपुर । भद्रपुर नगरपालिकामा स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित प्रमुख तथा वडाध्यक्ष लगायत जनप्रतिनिधिलाई सम्मानित गरिएको छ ।

सेवा निवृत्त कर्मचारी समाज झापाद्वारा भद्रपुरका नगर प्रमुख गणेश पोखरेल, वडाध्यक्षहरू भद्रपुर २ का रामबहादुर कँडेल, भद्रपुर ५ का बन्धु कार्की, ६ का रतिया राजवंशी र ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजलाई सम्मान सहित कार्यकाल सफलताका लागि बधाई शुभकामना प्रदान गरिएको हो ।

समाजका अध्यक्ष धनप्रसाद शिवाकोटीको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष रेखा अधिकारी तथा सञ्चालन सचिव चेतनाथ भट्टराईले गरेका थिए ।