भद्रपुरमा नगर प्रमुख लगायत निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरे
भद्रपुर । हाले सम्पन्न स्थानीय तह निर्वाचनमा भद्रपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका गणेश पोखरेल सहित उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरूले पदभार ग्रहण गरेका छन् ।
नगर प्रमुख, उपप्रमुख सहित ५२ जना जनप्रतिनिधिले आ—आफ्नो जिम्मेवारी सम्हालदै कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले नगर प्रमुखलाई पद तथा गोपनियताको सफत गराए पश्चात प्रमुख पोखरेलले उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरूलाई सफत गराएका थिए ।
पदभार ग्रहण पश्चात प्रतिक्रिया दिँदै पोखरेलले समृद्ध भद्रपुर नगर बनाउने अभियानका लागि चुहावटरहित प्रशासकीय सेवा प्रवाह गर्ने बताएका छन् । उनले विलासीता र अनावश्यक खर्च कटौटी गरेर विपन्न नागरिकको जीवन स्तर उकास्नका लागि विज्ञ टोलीका साथमा योजना बद्ध कार्यथालनी गर्ने प्रष्ट पारे ।