भद्रपुरमा निर्वाचित जनप्रतिनिधिले पाए निर्वाचित प्रमाण पत्र
भद्रपुर । स्थानीय तह निर्वाचन २०७९ मा भद्रपुर नगरपालिकामा निर्वाचित भएका ५२ जना जनप्रतिनिधिलाई निर्वाचित प्रमाण पत्र हस्तानतरण गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य गरी नगरमा निर्वाचित ५२ जना जनप्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरेको हो ।
मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो । (तस्विर – विगम श्रेष्ठ)