नवनिर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल २०७९ जेठ ६ गतेबाट सुरु

सन्दर्भ समाचारदाता

भद्रपुर । स्थानीय तह निर्वाचन २०७९ गत बैशाख ३० गते शुक्रबार सम्पन्न भई मतगणना जारी नै छ । तर मतगणनाकोवीचमै स्थानीय तहको चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल २०७९ जेठ ६ गतेबाट सुरु हुने निर्वाचन आयोगले स्पष्ट पारेको छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल जेठ ५ गते रातिदेखि सकिएपछि नवनिर्वाचितहरूको कार्यकाल ६ गतेबाट सुरु हुन लागेको हो । निर्वाचित भएकाहरूमध्ये कतिपयले पद तथा गोपनीयताको शपथ लिईसकेका छन् भने कतिपयले शपथ लिने कार्य धमाधम गरिरहेका छन् ।

‘नेपालको संविधान र कानुनले स्थानीय तहमा जनप्रतिनिधिविहीनताको अवस्थाको परिकल्पना नगरेका कारण,’ निर्वाचित भएकालाई जेठ ६ गगतेबाट कार्यभार सम्हाल्ने व्यवस्था गर्न सरोकारवाला निकायलाई भनिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।