कचनकवल १ र कमल १ मा काँग्रेस गठबन्धन विजयी

भद्रपुर । झापाका विभिन्न पालिकाका गठबन्धनका उम्मेदवारको विजयी यात्रा बढ्न थालेको छ । वडा स्तरमा सार्वजनिक हुन थालेको मत परिणाममा गठबनधनका उम्मेदवार पयानल सहित विजयी हुन थालेका हुन् ।

यसै बीच कचनकवल गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसले वडाध्यक्षसहित प्यानल नै जितेको छ ।

नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका महावीर लिम्बू(रञ्जीत) वडाध्यक्षमा निर्वाचित भएका हुन् । लिम्बूले १४४२ मत प्राप्त गर्दा निकटतम् प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार लक्ष्मीनारायण यादवले १११०मत प्राप्त गरे । यादव निवर्तमान वडाध्यक्ष हुन् ।

त्यस्तै वडा सदस्यहरुमा अन्तप्रसाद राजवंशी र उद्रनारायण सिंह राजवंशी निर्वाचित बनेका छन् । महिला सदस्यमा सञ्जावती राजवंशी निर्वाचित बनेकी छिन् भने दलित महिला सदस्यमा सुनिता दर्जी निर्वाचित बनेकी छिन् । त्यसैगरी झापाको कमल गाउँपालिका वडा न. १ मा कांग्रेसका वडाध्यक्षका उम्मेद्वार केदार कटुवालसहित गठबन्धनको प्यानल नै विजयी भएको छ ।

निर्वाचन आयोगको सार्वजनिक मत परिणाम अनुसार अध्यक्षका उम्मेद्वार कटुवाल १७८६ मत ल्याइ बिजयी भएका हुन् । उनका प्रतिद्वंन्द्वी एमालेका उम्मेद्वारले १०६३ मत ल्याएका छन् ।

त्यसैगरी खुल्ला महिला सदस्यमा १६७५, दलित महिला सदस्य १६६०, खुल्ला पुरुष १६०९ र अर्का खुल्ला पुरूष सदस्यमा १५९५ मत ल्याई गठबन्धनको सवै विजयी बनेका हुन ।