बाह्रदशीबाट काँग्रेसको विजय यात्रा सुरू

बाह्रदशी । बाह्रदशी गाउँपालिकाको वडा नं १ का वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट टेकबहादुर राजवंशी निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित राजवंशीले ५७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिष्पर्धी एमालेका शम्भूसिंह राजवंशीले ५६३ मत ल्याएका छन् ।

त्यस्तै खुल्ला वडा सदस्य पदमा विजयप्रसाद अधिकारी र सम्पतलाल गिरी, महिला सदस्यमा निर्मला राई र दलित महिला सदस्यमा गायत्री ऋषिदेव निर्वाचित भएका छन् ।

वडाध्यक्ष पदका लागि पाँच जनाको उम्मेद्वारी परेको थियो । उम्मेद्वारी दिनेमध्ये शम्भूसिह २०७४ मा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

वडाध्यक्ष पदका लागि माओवादी केन्द्रबाट भूमिराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तेजबहादुर राई र जनमत पार्टीबाट अघनलाल राजवंशी उम्मेद्वार रहेका थिए ।

यस्तै गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका खड्गप्रसाद राजवंशीले ५ सय ६६ मतका साथ अग्रता कायम गरेका छन् भने एमालेका उम्मेदवार ४ सय ९३ मतका साथ पछ्याइरहेका छन् ।