भद्रपुर १ मा एमालेका सवै उम्मेदवार विजयी
भद्रपुर । भद्रपुर नगरपालिका १ नम्वर वडाको मत परिणाम सार्वजनिक भएको छ । २ हजार ८ सय ९३ मत खसेको भद्रपुर १ मा नेकपा एमालेका सवै उम्मेदवार विजयी भएका हुन् ।
मत परिणाम अनुसार नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार रामप्रसाद अधिकारी ९ सय ७२ मतका साथ विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी रूपमा राप्रपाका दलवहादुर लिम्बू ’शंकर’ ले ७ सय ५ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका मेदिनीप्रसाद शिवाकोटीले ५ सय ८७ मतमा सिमित हुनु परेको छ ।
नगर प्रमुख पदमा भने नेपाली काँग्रेसका गणेश पोखरेलले ९ सय ५९ मतका साथ अग्रता लिँदै नेकपा एमालेका अशारू राजवंशीलाई ८ सय १० मत र राप्रपाका नवराज पनेरूलाई ७ सय ३२ मतमा रोक्न सफल भएका छन् । यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले ९ सय २५ मतका साथ अग्रता लिँदै नेकपा एमालेकी कौशिला अधिकारीलाई ७ सय ६४ र राप्रपाकी राधा कार्कीलाई ७ सय २४ मतका साथ पछाडि पारेका छन् ।
यस निर्वाचनका लागि ५१ हजार २ सय ६० जना कुल मतदाता रहेको भद्रपुर नगरपालिकामा ३४ हजार २८ मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेका छन् । उनीहरुको लागि २८६ मतदानस्थल र ७५५ मतदान केन्द्र व्यवस्था गरिएको थियो यसैबीच झापामा ६५ प्रतिशत मत खसेको थियो ।