झापामा स्थानीय तह निर्वाचनमा ६५ प्रतिशत मत खस्यो
भद्रपुर । स्थानीय तह निर्वाचनका लागि ५१ हजार २ सय ६० जना कुल मतदाता रहेको भद्रपुर नगरपालिकामा ३४ हजार २८ मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
मुख्य निर्वाचन कार्यालय भद्रपुर श्रोतका अनुसार १० वटै वडामा शान्तिपूर्ण र उत्साहका साथ सो परिणाममा मतदान भएको हो ।
झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेका छन् । उनीहरुको लागि २ सय ८६ मतदान स्थल र ७ सय ५५ मतदान केन्द्र व्यवस्था गरिएको थियो यसैबीच झापामा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ ।
त्यसैगरी स्थानीय तह निर्वाचनमा देसभरको प्रारम्भिक विवरण अनुसार ६४ प्रतिशत हाराहारीमा मतदान भएको छ । निर्वाचन आयोगका अनुसार कुल मतदाताको ६४ प्रतिशत मत मात्र खसेको हो ।