भद्रपुरमा काँग्रेस गठबन्धनको विजय यात्रा सुरु प्रमुख उपप्रमुखमा अग्रता कायमै

नयाँ सन्दर्भ समाचारदाता (भिडियो सहित)

भद्रपुर । स्थानीय तह निर्वाचन अन्र्तगत भर्खरै सार्वजनिक भएको मत परिणाम अनुसार भद्रपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका राम बहादुर कँडेल निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यलय भद्रपुरको विवरण अनुसार कँडेलले १३०९ मतका साथ विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भिम बहादुर सुब्बाले १०७० मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेद्वारले ८८६ मतमा सिमित भएका छन् । यसै गरी महिला सदस्यमा ममता लिम्बु ११२१ मतका साथ एमालेकी उम्मेद्वार विजय भइन् भने उनको निकट प्रतिस्पर्धी राप्रपाकी उम्मेद्वारले ९४७ मत पाएकी थिइन् ।

त्यस्तै दलित सदस्यमा एमालेकी उम्मेद्वार देविका बसेल ११३४ मतका साथ विजय भइन् भने निकट प्रतिस्पर्धीमा राप्रपाका उम्मेद्वार ९२६ मा सिमित बनिएका छन् । यस्तै खुल्ल वडा सदस्यमा द्रोण प्रसाद कोइराला ११०६ मत र लिला राज निरौला १०८५ मतका साथ एमाले उम्मेद्वार विजयी भएका छन् । दुवै उम्मेद्वारका प्रतिस्पर्धी राप्रपाका उम्मेद्वार रहेका थिए ।

यसै गरी दुईवटा वडाको मत परिणाम अनुसार नेपाली कांग्रसका उम्मेद्वार गणेश पोखरेलले २३४७ मतका साथ अग्रतालाई बढाउदै लगेका छन् । उनका पछिपछि एमालेका असारु राजवंशी १७७८ मतका साथ पछ्याइरहेका छन् भने राप्रपाका नवराज पनेरुले १६१५ मतका साथ तेस्रो स्थानमा छन् ।

त्यसैगरी उपमेयरमा माओवादी केन्द्रका शिव कुमार राजभण्डारीले २१५४ मतका साथ अग्रतालाई कायम राखेका छन् भने एमालेकी उम्मेद्वार कौसिल्या अधिकारीले १७०१ मत र राप्रपाकी राधा कार्की १६५७ मतका साथ पछ्याइरहेका छन् ।