नर्सिङ दिवसको अवसरमा सम्मान तथा फलफूल वितरण
भद्रपुर । २०२ औं विश्व नर्स दिवशको अवसर पारेर भद्रपुर स्थित ओम साई पाथिभरा हस्पिटलले उत्कृष्ट नर्स सम्मान तथा विरामीहरूलाई फलफुल वितरण गरेको छ ।
नर्सिङ विभागकी प्रमुख निशा पाठकको अध्यक्षता तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष दिपककुमार पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लामो समयदेखि नर्सिङ्ग सेवामा कार्यरत निर्मला बाँस्कोटालाई कदर पत्र ,नगद ५००० र दोसल्ला सहित उत्कृष्ट नर्स २०७८ बाट सम्मानित समेत गरिएको थियो ।
अस्पताल परिसरमा सम्पन्न कार्यक्रमकमा अस्पतालका अध्यक्ष दिपक पोखरेल, निर्देशक बालकुमार पोखरेल लगायत नर्सहरूको टोलीले अस्पताल भित्र रहेका विरामीहरूलाई फलफूल तथा जुस समेत वितरण गरेका थिए भने कार्यक्रमको सहजीकरण अस्पतालका प्रसासकीय प्रमुख दिपकुमार पौडेलले गरेका थिए ।