भद्रपुरमा गठबन्धनको औपचारिक चुनाव प्रचार प्रशार सम्पन्न

भद्रपुर । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीले सम्युक्त नेतृत्व गरिरहेको गठबन्धनको भद्रपुर नगर निर्वाचन समितिले आसन्न स्थानीय तह निर्वाचन अन्र्तगत सञ्चालित औपचारिक प्रचार प्रसारको कार्यक्रम सम्पन्न गरेको छ ।

निर्वाचन परिचालन समितिले नगरका १० वटै वडामा रहेका टोल टोल मार्फत मतदाता भेटघाटका लागि सञ्चालन गरिरहेको घरदैलो अन्र्तगत प्रचार प्रसार कार्यक्रमलाई औपचारिक रूपमा समापन गर्दै रणनीतिक कार्यलाई तिव्रता दिएको हो ।

समितिले हरेक वडामा पछिल्लो चुनावी प्रचारलाई रणनीतिक रूपमा सफल बनाउन हरेक मतदान केन्द्र र मतदान स्थल सुरक्षाका लागि बुथ समिति माताहतमा रहेका मतदान प्रतिनिधिहरुलाई प्रशिक्षण प्रदान गरेको छ । निर्वाचन परिचालन समितिले बैशाख १३ देखि २७ गतेसम्म भद्रपुर नगरका १० वटा वाडाहरुमा मतदाता भेटघाट घर दैलो कार्यक्रमलाई सञ्चालन गरेको थियो भने २० गतेबाट मतदाता शिक्षा स्वयमसेवकहरू परिचालन गरेर गठबन्धनको विजयका लागि मतदाता समक्ष नगरका विभिन्न टोल समितिबाट नगर निर्वाचनमा शसक्त भूमिका निर्वाह गर्न प्रशिक्षण प्रदान गरिरहेको थियो ।

गठबन्धनको तर्फबाट नगरपालिकाका प्रमुख पदका उम्मेद्वार गणेश पोखरेल ,उपप्रमुखका प्रत्यासी शिवकुमार राजभण्डारी, १० वटै वडाका वडा्ध्यक्षका उम्मेदवार, सदस्य पदका उम्मेदवारले नगरमा सक्रिय कार्यकर्ताहरूको सहभागितामा घरदैलो तथा मतदाता शिक्षा कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिएकोमा सवै नगरबासीलाई आभार एवम धन्यवाद प्रकट गरिएको छ । साथै निर्वाचन परिचालन समितिले बैशाख ३० गते विहान सवेरैबाट मतदान गर्न सहभागिताका लागि मतदातालाई आव्हान समेत गरेको छ ।