भद्रपुरको उन्नतिका लागि के कार्यक्रम छ गठबन्धनका उम्मेदवारसित ?
आसन्न स्थानीय तहको निर्वाचनमा भद्रपुर नगरपालिकाको नेतृत्वका लागि तीन दलीय गठबन्धनले साझा उम्मोदवारी दिएर साझा कायृक्रम सहित जनताको घर आँगनमा पुगिसकेको अवस्था छ । मेयरमा गणेश पोखरे र उपमेयरमा शिवकुमार राजभण्डारी सहित १० वटैे वडामा गठबन्धनले साझा उम्मेदवारी दिएर यस पटक जनताको परीक्षामा सहभागी भएको अवस्था छ । प्रमुख उपप्रमुको परिचय सहित कार्योजना बारे उनीहरुकै शब्दलाई जस्ताको त्यस्तै राखिएको छ ।
वि सं २०३१ साल पौष ६ गते साविक पृथ्वीनगर ६ मा जन्मिएका नेपाली काँग्रेसका युवा नेता गणेश पोखरेल तीन दशक वर्षयता झापाको सदरमुकाम भद्रपुरलाई केन्द्र विन्दु बनाएर राजनीतिमा सक्रिय भूमिका खेलिरहेका व्यक्ति हुन् । वि सं २०४६ सालमा वीरेन्द्र माध्यमिक विद्यालय चन्द्रगढीमा कक्षा ९ मा अध्ययन गर्दा गर्दै नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीतिमा होमिएका पोखरेल मेची बहुमुखी क्याम्पस भद्रपुरमा २०५७ देदि २०६१ सम्म स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको दुई कार्यकाल सफलता पूर्वक निर्वाह गरिसकेका छन् ।
नेपाली काँग्रेसको ११ औं महाधिवेशनबाट झापा क्षेत्र नम्वर ३ को क्षेत्रीय सचिवको जिम्मेवारी लिएर पार्टी राजनीतिमा पूर्णकालिन सेवक भएका पोखरेल १२ औं महाधिवेशनपछि हालसम्म पनि सो क्षेत्रको क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेका छन् । आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी र नेकपा समाजवादीको तर्फबाट भद्रपुर नगरपालिकाको प्रमुखका रूपमा उम्मेद्वार रहेका छन् । पोखरेलको समूहबाट नेकपा माओवादी केन्द्रका शिवकुमार राजभण्डारी उपप्रमुखका उम्मेदवार छन् ।
वि सं २०२५ मंसिरमा साविक भद्रपुर १२ मा जन्मिएका शिवकुमार राजभण्डारी राजनीति र शिक्षण दुवै संगसंगै अगाडि बढाएका एक कुशल व्यक्ति मानिन्छन् । तीस वर्ष शिक्षण पेशा गरेर स्वच्छिक अवकास लिएका राजभण्डारीले आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट गठबन्धनको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएका छन् ।
२०३६ सालको जनमत संग्रहपछिको झापाली राजनीतिक माहौलले कम्युनिष्ट बन्न आर्कषित भएका राजभण्डारी वि सं २०५८ सालबाट माओवादी पार्टीमा सक्रिय भएर लागेका उनी एकीकृत अखिल नेपाल शिक्षक संगठन झापाका अध्यक्ष समेत भइसकेका वयक्ति हुन् । झापा जिल्लाको सदरमुकाम रहेको भद्रपुर नगर नेपालकै पुरानो नगरपालिका हो । भद्रपुर नगरमा रुपान्तरण तथा विकासको जागरण अभियान सञ्चालन गर्न नयाँ संरचनापछिको स्थानीय तहको दोश्रो निर्वाचनमा तीन दलीय गठबन्धनले साझा प्रतिबद्धता सहित जनता माझ गएको अवस्था छ ।
नगर प्रमुखका प्रत्यासी पोखरेललाईे उम्मेद्वारी के का लगि भन्दा उत्तर उनकै शब्दमायस्तो छ — मेरो उम्मेद्वारी लोकतान्त्रिक व्यवस्था सहितको समाजवादी संघीय अधिकार जनताको घरघरमा पुर्याउन हो । यस नगरपालिकामा भएको निर्वाचनमा जित्ने त धेरै आए गए तर जनपक्षीय रुपमा लोकतान्त्रिक शासकीय कार्य गर्ने कोही देखिएनन् । नगरमा सडक बनाइए पनि जनतालाई आर्थिक उन्नतिसित जोड्न सकेको अवस्था छैन । समग्र नगरको विकासका लागि बाटाघाटादेखि पुल पुलेसासम्मको स्तर बृद्धि जरुरी छ । यी र यस्ताखाले दैनिक जीवनयापनका समस्याको हलदेखि प्रविधि मैत्री वातावरण निर्माण गरेर २१ औं शताब्दी अनुकुलको विकास निर्माणसम्मका कामहरु पूरा गर्न मेरो उम्मेद्वारी आएको हो ।
सम्बृद्ध शहर भद्रपुर हुनका लागि स्मार्ट नगर बनाउने अभियानको कार्य तालिका लक्ष्यका रुपमा रहेको छ । जल, जमिन र जंगललाई आर्थिक विकासको आधार बनाउने दीर्घकालिन रणनीति बनाएको छु । युवालाई उत्पादनसित जोडिने वातावरण निर्माण गर्ने छु । अझ भन्दा सुस्त भएको भद्रपुरको मुहार फेर्ने अभियान मेरो उम्मेद्वारीको पहिलो प्रतिबद्धता हो । यसैले पनि यो निर्वाचनमा मेरो उम्मेदवारी आवश्यक भएर आएको हो । भाषण र आश्वासनको भारी बोकाएर जनमत तान्ने अभियानको विपक्षमा रहेको हुँदा मैले नगरलाई समुन्नत बनाउन भ्रष्टचार ढिलासुस्ती जस्ता जनविरोधी कार्य रोक्न विशेष रणनीति बनाएर अगाडि आएको छु । युवा पुस्ताले नेतृत्व नलिएसम्म नगरको विकास सम्भव नदेखिएकोले नगर बनाउनका लागि मैले उम्मेद्वारी दिएको हुँ । सुस्त भद्रपुरनगरलाई व्यस्त नगरका रूपमा फड्को मार्ने वातावरण निर्माण हुने छ ।
नेपाली काँग्रेसले यो क्षेत्रमा संसदीय निर्वाचन जीतेपछि नगरको विकासका लागि तत्कालीन सांसद कृष्णप्रसाद सिटौलाको पहलका ६ अर्व बढीका योजना यस नगरले पाएको थियो । नगका समृद्धिसित गासिएका कतिपय आयोजना नेकपा एमाले सत्तामा पुगेपछि अलपत्र भएको अवस्था छ । समयानुकुल योजनालाई अझै बृद्धि गरेर सुविधा सम्पन्न नगर बनाउन मेरो नेतृत्व आवश्यक छ । यही नगरमा रहेका मेची अञ्चल अस्पताल तथा मेची क्याम्पसको स्तर बृद्धिका लागि हाम्रो पार्टीको नेतृत्वमा काम सुरु भएका थिए । विशेषगरी मेची अञ्चल अस्पतालको स्तर बृद्धि कार्यक्रमका लागि आइ सियु सेवा सञ्चालन गर्न हाम्रो पार्टीको भूमिका महत्वपूर्ण थियो ।
अव यस अस्पताललाई मेडिकल कलेजको रुपमा स्तर बृद्धि गर्न हाम्रो पार्टीले नेतृत्व लिनै पर्ने छ । घरमै बसेर भद्रपुरका नागरिकका छोराछोरीले मेडिकल कलेजमा अध्ययन गर्ने वातावरण बनाउने मेरो लक्ष्य छ । छोटकरिमा भन्नु पर्दा भद्रपुर नगरलाई शिक्षा, स्वास्थ्य सडक, खानेपानी, उद्योग तथा आर्थिक सम्बृद्धिको शहर बनाउन मैले उम्मेद्वारी दिएको हुँ ।
सम्बृद्ध भद्रपुरको आधार के हो ?
सम्बृद्ध भद्रपुरको आधार भनेकै पर्यटन, व्यापार र कृषिको उन्नति हो । जहाँ युवा वर्गलाई जोड्न सकियो भने भद्रपुर आफैं सम्बृद्ध हुन्छ । यसका लागि मैले भद्रपुर नगरको नेतृत्व पाउने हो भने सम्पन्न भद्रपुर बनाउने योजना कार्यान्वयनमा आउने छन् । नगरमा पर्यटन आगमनलाई आर्थिक उन्नतिमा जोड्न उत्तरमा चन्द्रगढ तथा चन्द्रगढी सिमसार क्षेत्र छन् भने दक्षिणमा किच्चकबध तथा कमलधाप क्षेत्र छन् । यी क्षेत्रमा पर्यटक आगमनको वातावरण बनाउन बृहद गुरु योजना बनाएको छु । यो योजना कार्यान्वयन हुने हो भने सुनसान शहर भद्रपुरलाई जीवन दिन सक्ने छ । यसैगरी भद्रप्ुरको व्यापारिक शाख माथि उठाउन मेचीपुल र मेची राजमार्ग एवम् हुलाकी सडकको निर्माण प्रमुख रुपमा रहेको छ । जसलाई निर्माण सम्पन्न गराउनका लागि मेरो खवरदारी रहने छ । यस नगरका गरिब, मजदुर तथा सिमान्तकृत वर्गको जीवनस्तर उकास्नका लागि आफू प्रतिबद्ध भएर लाग्ने छु । गरिबका छोराछोरीले साइकल चढेर विद्यालय जान पाउने बतावरण बनाउने छु भने स्मार्ट शहरको अनुभूतिका लागि प्रत्येक टोल टोलमा निशुल्क वाईफाई सेवा प्रवाह गर्ने छु । नगरबासीको स्वास्थ्य सुरक्षाका लागि अञ्चल अस्पताललाई स्तरीकरण एवम जनमैत्री सेवा प्रवाह गर्ने मेडिकल कलेजको रुपमा स्वास्थ्य प्रतिष्ठान बनाउँदै गरिवका छोराछोरीले डक्टर बन्न सक्ने वातावरण निर्माण गर्ने छु । यस नगरमा शिक्षा स्वास्थ्य र रोजगारीको वातावरण बनाउने योजना मसित छन् । मेरो विजयसँगै भद्रपुर नगरको सम्बृद्धिको सुरुवात हुने छ । विगतको नेतृत्वले भद्रपुर नगरको स्तर बृद्धि र उन्नतिमा जनचाहना अनुसार काम गर्न सकेन । विशेष गरेर नेकपा एमालेले प्रजातन्त्र स्थापना भएपछि भद्रपुर नगरमा बहुमतका साथ नेतृत्व लिँदा पनि नगरलाई जनमैत्री विकासमा लान सकेन । पटक पटकका एमाले नेतृत्वले निर्वाचनका बेला जनतालाई बाँढेको सपना पूरा गरेनन् । कुरा गरेर मात्र काम हुँदैन नेतृत्व लिने व्यक्ति इमान्दार हुनु पर्छ भन्ने शन्देश जनतामा गइसकेको छ । यहाँको व्यपार व्यवसायको चहल पहल सुरु भएपछि जनताको अय स्तर बृद्धि हुने छ । मेची पुल र हुलाकी सडकले चलयमान हुने वातावरण निर्माण भएपछि भद्रपुरलाई जीवन दिने छ । यहाँको कृषिको विकासका लागि सिञ्चाइको वातावरण बनाउन साना तथा ठूला सिञ्चाइ आयोजना सञ्चालन गर्ने योजना छ । जल जमिन र जंगलको सम्बन्ध जनताको जीविकोपार्जन तथा आर्थिक सम्बृद्धिका लागि जोडेर औद्योगिकरण विस्तरको वातावरण बनाउने छु । यस योजनामा कृषिको उन्नति, पर्यटनको विकास, व्यापारको बृद्धि, उद्योगको विस्तर र रोजगारीको अवसर जोडिन पुग्दा भद्रपुर नगरको सम्बृद्धिको यात्रा सुरु हुने छ ।
ऐतिहासिक नगर भद्रपुरका बासिन्दाहरुको आर्थिक स्तर उकास्न रोजगारका लागि अवसरहरु कृषि, व्यापार र उद्योग प्रर्वधन जरुरी छ । यहाँ अलमलमा परेका यस्ता धेरै अवर छन् । ती अवरको सदुपयोगको वातावरण बनाउने नेतृत्व मबाट मात्र संभव छ । यस नगरका गरिब, सुकुमम्बासीको संरक्षणका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको वातावरण बनाउने छु ।
सदरमुकामको एक मात्र सरकारी अस्पताल मेची अञ्चल अस्पतालको स्तरबृद्धिलाई निरन्तर अगाडि बढाएर गरिबीबाट पीँडितको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकतामा राखेको छु । यहाँ भएका उद्योगहरुको संरक्षण गर्दै नयाँ औद्योगिक क्षेत्र विस्तार गर्ने नीति तयार गरेको छु । एक घर एक रोजगारको न्युनतम खाका तयार पारेर वेरोजगारी घटाउने वातावरण बनाउने छु । यो नै भद्रपुरबासीको जीवनस्तर उकास्ने योजना हो । यी योजना कार्यान्वयनमा ल्याउन युवा वर्ग परिचालन गर्न सक्ने क्षमता ममा छ । जसका लागि नगरबासीको जनमत मैले प्राप्त गर्नै पर्ने छ ।
जनताले तपाईलाई पत्याउलान् ?
अवश्यै पत्याउने छन् किनकी म परिवर्तनको लडाँइमा अडाई दशक यता सक्रिय रुपमा लागि रहेको छु । नगरबासीको हितका लागि मैले राजनीतिक कार्यकर्ता भएर निस्वार्थ रुपमा जनताका अधिकार र चाहना समेटेर काम गरिरहेको छु । जन सेवाका लागि सेवाको एउटा पाटो राजनीति थियो त्यस कार्यमा म विचलित भँइन अनि भद्रपुरका जनताको चेतना विस्तार र अधिकारका लागि निरन्तर काम गरेको हुँदा भद्रपुरका बासिन्दाले पत्याउने विश्वास छ । राजनीति बाहेक कुनै अन्य बाटो नहेरेको मैले सायद सवैभन्दा कान्छो उम्मेद्वार भएर भद्रपुरको नेतृत्व पाउने छु । युवा पुस्ताले नेतृत्व नलिएसम्म सुस्त भएको भद्रपुर तन्दुरुस्त हुने छैन । त्यसैले पनि भद्रपुरका बासिन्दाले मलाई पत्याउने आधार छ । यो नगरलाई व्यस्त र सम्पन्न बनाउने हो भने अवसरवादीले नेतृत्व पाउनु हुँदैन किन भने नगरबासीको सममस्या र दुःखका दिनहरुमा देखा नपर्ने तर निर्वाचनमा टिकट लिएर चिप्ला कुरा गर्नेहरुबाट नगरबासी सचेत हुनु जरुरी छ । यस आधारमा भन्नु पर्दा पनि मेरो उम्मेदवारी जनपक्षीय भएर आएृकाले अनुमोदन हुने विश्वास छ ।
भद्रपुर किन विकसित हुन सकेन त ?
भद्रपुर नगरपालिका विकास हुन नसक्नुको प्रमुख कारण नगरको नेतृत्व लिएका नेताहरु भद्रपुरको सम्बृद्धि भन्दा आफ्नै व्यक्तिगत विकासतिर लाग्नु थियो । जनताले चाहेको नेतृत्व दिन विजेताहरु विगतमा असफल भए । सिमित भोट बैंक बनाएर नगरको नेतृत्व हत्याए पनि विगतका नेतृत्वकर्ताले नगरको उन्नति नगरेको स्पष्ट छ । अव सिमित भोट बैंकको आडमा भद्रपुरको नेतृत्व लिने समय सकिएको छ । जनताको काम गर्ने व्यक्ति छान्न नगरबासी सफल हुनेमा विश्वस्त छु । मैले यस नगरमा रहेर राजनीतिक रुपमा केही न केही काम गरेको छु । धेरै काम गर्न प्रशासनिक जिम्मेवारी आवश्यक छ ।
यो निर्वाचन मार्फत नगरबासीले मलाई सवल भद्रपुर बनाउने अभियानमा नेतृत्व दिने छन् । अब भद्रपुर नगर दुर्वल हुने दिन सकिदै छ । जसका लागि नेपाली काँग्रेसले नेतृत्व पाउनु जरुरी छ । नगरमा केन्द्रको अधिकार प्रत्यायोजन भएको यस घडीमा युवा भएको हैंसियतमा मैले नगर नेतृत्व लिने अवसर पाउने छु भन्ने विश्वास छ । समग्रमा भन्दा भद्रपुर नगरको लागि दीर्घकालिन योजना र भविश्यको आधार खडा गर्ने लक्ष्य बोकेको मेरो उम्मेद्वारी भारी जनमत पाएर जीतमा बदलिने छ । अर्थात् समग्र जनमत नै मेरो जीतको आधार हो ।
उपप्रमुखका प्रत्यासी राजभण्डारीलाई आफ्नो उम्मेदवारी किन भन्दा उनकौ शब्दमा — राज्य संरचनामा आएको आमूल परिवर्तनलाई जन स्तरसम्म पुर्याउन र मृत स्वरुपमा सुसुप्त रहेको भदैपुर नगरलाई सम्बृद्ध बनाउनका लागि मेरो उम्मेदवारी आएको हो । म परिवर्तनको लडाँइमा तीन दशक यता सक्रिय रुपमा लागि रहेको छु । पेशाको रुपमा शिक्षक भए पनि जनताका अधिकार र चाहनामा विचलित भएको छैन । समाज सेवाको एउटा पाटो शिक्षण थियो भने विभिन्न ३० वटा भन्दा बढी सामाजिक संघ संस्थामा रहेर पनि भद्रपुरका जनताको चेतना विस्तार र अधिकारका लागि निरन्तर काम गरेको हुँदा भद्रपुरका बासिन्दाले पत्याउने विश्वास छ ।
सम्बृद्ध भद्रपुरको आधार के हो ?
सम्बृद्ध भद्रपुरको आधार भनेकै पर्यटनको विकास, व्यापारीकरणको विस्तार र कृषिको उन्नति हो जहाँ मैले भद्रपुर नगरको नेतृत्व पाउने हो भने ती योजना कार्यान्वयनमा आउने छन् । नगरमा पर्यटन आगमनलाई आर्थिक उन्नतिमा जोड्न उत्तरमा चन्द्रगढ तथा चन्द्रगढी सिमसार क्षेत्र छन् भने दक्षिणमा किच्चकबध तथा कमलधाप क्षेत्र छन् ।
यी क्षेत्रमा बृहद योजना र जिम्मेवारीपूर्ण नेतृत्व गरेर सुनसान शहर भद्रपुरलाई जीवन दिन सक्ने क्षमता ममा छ । यसैगरी भद्रपुरको व्यापारिक शाख माथि उठाउन मेचीपुल र मेची राजमार्ग एवम् हुलाकी सडकको निर्माण प्रमुख रुपमा रहेको छ । जसलाई निर्माण सम्पन्न गराउनका लागि मेरो खवरदारी रहने छ । यस नगरका गरिब, मजदुर तथा सिमान्तकृत वर्गको जीवनस्तर उकास्न कृषिको उन्नतति र व्यावसायिकीकरण हो । जसका लागि आफू प्रतिबद्ध भएर लाग्ने छु ।