काँग्रेस भद्रपुर ९ ले विविध साँस्कृतिक कार्यक्रम गरी नयाँ वर्ष मनायो
भद्रपुर । नेपाली कांग्रेस भद्रपुर ९ ले नयाँ वर्ष २०७९ तथा सिरूवा पर्वको अवसर पारेर विविध साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।
वडा सभापति चेतनाथ भट्टराइको सभापतित्व तथा नेपाली कांग्रेस झापा जिल्ला उप–सभापति केशवराज पाण्डेको प्रमुख आतिथ्यमा साँस्कृतिक कार्यक्रमका साथ शुभकामना आदनप्रदान गरिएको हो ।
कार्यक्रममा नेपाली काँग्रेस झापा ३ नम्वर क्षेत्रीय सभापति गणेश पोखरेल, महाधिवेशन प्रतिनिधि गोमा भट्टराई, जिल्ला सदस्य रमेश पोखरेल, क्षेत्रीय प्रतिनिधि अल्छिया राजवंशी, नगर सहसचिव नन्दु राजवंशी लगायतले शुभकामना दिएकका थिए भने कार्यक्रममा स्थानीय कलाकारले राजवंशी संस्कृति झल्कने विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
वडा सचिव चिरञ्जीवी भट्टराईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रममा सभापति चेतनाथ भट्टराईले वडा भित्र रहेको राजवंशी संस्कृति संरक्षणका लागि २६ हजार ५ सय रकम प्रदान गर्ने घोषणा समेत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव पानीलाल राजवंशीले गरेका थिए भने सरोकारवालको उल्लेख्य सहभागिता रहेको थियो ।