बाल शिक्षको आन्दोलनमा सहयोग गर्ने सम्मानित
भद्रपुर । नयाँ वर्ष २०७९ आगमनको पूर्व अवसर पारेर भद्रपुर स्थित बाल विकास शिक्षक संघर्ष समितिले आफ्नो अधिकार प्राप्तिको आन्दोलनमा सहयोग पुर्याउने विभिन्न निकायलाई सम्मान गरेको छ ।
बाल विकास शिक्षकका अधिकार स्थापित गराउने क्रममा भएका विभिन्न आन्दोलनमा सहयोग गर्ने शिक्षक महासंघ लगायत विभिन्न संघ, संगठन र सञ्चारकर्मीलाई सम्मान गरेको हो ।
बाल शिक्षकका लागि यस आर्थिक वर्षमा सरकारले वजेट मार्फत न्युनतम पारिश्रमिक पन्ध्र हजार तोकेको भए पनि सो अवस्था कार्यान्वयन गर्न भद्रपुर नगर प्रमुअले अस्विकार गरेपछि एक हप्ते अनसन, धर्ना लगायतको संघर्षका कार्यक्रम गर्दा स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यम मार्फत आन्दोलन सफल पार्न बल पुर्याएकोले सपलता मिलेको भन्दै सञ्चारकर्मीलाई सम्मान गरिएको थियो भने शिक्षकसित सम्वद्ध संघ संगठन सहित शिक्षक महासंघ भद्रपुरले महत्वपूर्ण भूमिका खेलेको ठहर सहित आन्दोलन सवल भएकोमा सम्मानित गरिएको थियो ।
संघर्ष समितिकी संयोजक तारा मैनालीको अध्यक्षता तथा शिक्षक महासंघ भद्रपुरका अध्यक्ष गणेश गिरीको प्रमुख आतिथ्यमा सम्मानित व्यक्तित्व अग्रज पत्रकार गोपाल गिरी, शिक्षक महासंघ भद्रपुरका सचिव अमर खड्का लगायतले मन्तव्य राख्दै नागरिकको घर छेउको नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारले नै राजयको नीति नमान्ने अराजक परिस्थिति आउनु नहुने भनदै बाल शिक्षकको पारिश्रमिक समय अनुकुल अझै कम रहेको समेत चर्चा गरेका थिए ।