नेपाल महिला संघ भद्रपुर ९ को सभापतिमा विनिता गौतम

भद्रपुर । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघ भद्रपुर ९ को सभापतिमा विनिता गौतम निर्विरोध चयन भएकी छिन् ।

३१ सदस्यीय समितिमा उपसभापति मैयादेवी श्रेष्ठ र उमा राजवंशी सचिव बन्दना दाहाल भट्टराई र तिला कोईराला खतिवडा, सहसचिव लिला राजवंशी र इन्दिरा लुईटेल दाहाल तथा कोषाध्यक्षमा सुमित्रा पौडेल शिवाकोटीलाई निर्विरोध चयन गरिएको हो ।

यस्तै सदस्यहरूमा शुको राजवंशी, निर्मला ढुंगाना पोखरेल, गीता भुर्तेल पोखरेल, सम्झना भट्टराई रेग्मी, शुशिला निरौला, सन्तला राजवंशी, सीतादेवी तिवारी, यमुना खड्का, फुलमती राजवंशी(क), निता खड्का, बिन्दा राजवंशी, शुशिला राजवंशी, फुलमती राजवंशी(ख), रिता भट्टराई, फुतल राजवंशी, लक्ष्मी पोखरेल, विन्दा भट्टराई, पवित्रा पोखरेल, मिना घिमिरे, उमा रेग्मी, अम्बिकादेवी पराजुली र कृष्णमाया पौडेल सर्व संम्मत चयन गरिएको हो ।

नेपाली काँग्रेस भद्रपुर ९ का सभापति चेतनाथ भट्टराईको सभापतित्व तथा नेपभल महिला संघकी पूर्व केन्द्रीय सदस्य तथा नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि गोमा भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ का सभापति गणेश पोखरेल, नगर सभापति रामबहादुर कँडेल, पूर्व जिल्ला सदस्य राजेन्द्र रिजाल र महिला संघ भद्रपुर नगर सभापति प्रमिला कोइरालाले शुभकामना मन्तव्य राखेका थिए भने पार्वती मल्लले स्वागत गरेको कार्यक्रमको सञ्चालन चिरञ्जीवि भट्टराईले गरेका थिए ।