जेष्ठ नागरिको ९ औं सभामा विभिन्न व्यक्तित्व सम्मान

भद्रपुर । जेष्ठ नागरिक जिल्ला संघ झापाले ९ औं वार्षिक सभाका अवसरमा विर्तामोडमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

संघका अध्यक्ष हरिप्रसाद ओलीको अध्यक्षता तथा विर्तामोड नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा असल बुहारी, उत्कृष्ट चिकित्सक, जग्गादाता, अग्रज व्यक्तित्व लगायत उत्कृष्ट व्यक्तित्व सम्मान सहितको कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा विर्तामोड ४ का १०० वर्षीय मुक्तिनाथ तिम्सेना, ९२ वर्षीया धनमाया गौतम, तुलसादेवी उप्रेती, भद्रपुर ६ का टहलदास अधिकारी, शंकरप्रसाद गौतम, डा. टंकप्रसाद बाराकोटी लगायत १५ जनालाई सम्मान गरिएको थियो ।

जयप्रसाद संग्रौला र धनप्रसाद शिवाकोटीले सहजीकरण गरेको कार्यक्रममा उत्कृष्ट व्यक्तित्व तुलसादेवी उप्रेती, डा. टंकप्रसाद बाराकोटी, गणेशप्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।