नेवा: समाज कल्याण गुठी भद्रपुरमा नयाँ नेतृत्व

भद्रपुर । नेवा: समाज कल्याण गुठी भद्रपुर एवम् नेवा: देय् दबू भद्रपुर नगर समितिको साधारण सभाले नारायण श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्ष जगदिश जोशी, सचिव विगम श्रेष्ठ, सहसचिव विरेन्द्र मल्ल र कोषाध्यक्षमा सन्ध्य हाडालाई सर्वसम्मत चयन गरिएको हो ।

यसैगरी सदस्यहरूमा लिला बहादुर श्रेष्ठ, विकेन्द्र श्रेष्ठ, सरस्वता श्रेष्ठ, सुरज मास्के, सुवासरत्न शाक्य र राम श्रेष्ठलाई चयन गरिएको छ ।

गोवर्धन शाक्यको अध्यक्षता तथा नेवा: देय् दबूको केन्द्रीय उपाध्यक्ष कृष्ण उदासको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष धनजुजु श्रेष्ठ, जय प्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।