पत्रकार माया पकुवालको ५४ वर्षको उमेरमा निधन, आजै मेची घाटमा दाहसंस्कार गरियो

भद्रपुर । झापाली पत्रकारिता क्षेत्रमा सकृय महिला पत्रकार माया पकुवालको ५४ वर्षको उमेरमा निधन भएको छ ।

भद्रपुरबाट प्रकाशन हुने बरुण साप्ताहिककी सम्पादक÷प्रकाशक पकुवालको ४ वर्ष अघि मृगौलाको प्रत्यारोपण गरिएको थियो ।

मृगौलाको प्रत्यारोपणपछि पनि पत्रकारितामा निरन्तर सक्रिय उनलाई एक साताअघि रुघाखोकी र निमोनिया देखिएपछि भद्रपुर स्थित ओमसाई पाथीभरा हस्पिटल उपचारका लागि भर्ना गरिएको थियो । सोही अस्पतालमा आज बिहान करिब ३ः३० बजे उनको निधन भएको परिवारले जनाएको छ ।

उनको दिउँसो मेचीघाट भद्रपुरमा दाहसंस्कार गरिएको छ । उनका दुई छोरी र श्रीमान सञ्जय प्रधान छन् । अल्पायुमा नै श्रीमतीलाई गुमाएका सञ्जय आफैं पत्नीको दशगात्र कर्ममा जुटेका छन् ।

सम्पादक पकुवालको निधनप्रति नयाँ सन्र्दभ परिवार गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।