बाह्रदशी जेसीजले राख्यो स्वागत वोर्ड
बाह्रदशी । बाह्रदशी जेसीजले बाहदशी गाउँपालिका प्रवेश गर्ने नाकामा स्वागत वोर्ड राखेको छ ।
शाखा अध्यक्ष पुष्पलाल धमलाको अध्यक्षता तथा कार्यक्रम संयोजक नवराज दाहालको संयोजकत्वमा बाह्रदशी गाउँपालिका प्रवेश गर्ने कनकाई, विर्तामोड र हल्दिवारी गरी ३ नाकामा “यहाँहरुलाई बाहदशी गाउँपालिकामा हार्दिक स्वागत छ” लेखिएको वोर्ड राखिएको हो ।
कार्यक्रममा शाखाका महासचिव टंक वहादुर कार्कीले बाह्रदशी पाल्नु हुने महानुभावहरुलाई बाह्रदशी क्षेत्र भित्र प्रवेश गरेको जानकारी दिनुका साथै बाह्रदशी गाउँपालिकालाई सुन्दर बनाउने उद्देश्य राखी सो स्वागत बोर्ड राखिएको जानकारी गराए ।