राजनीति

काँग्रेस लक्ष्मी टोल समितिको सभापतिमा नरप्रसाद चौहान

भद्रपुर । नेपाली कांग्रेस भद्रपुर ९ नम्वर वडा समिति अन्र्तगत नरप्रसाद चौहानको सभापतित्वमा २१ सदस्यीय लक्ष्मी टोल समिति गठन गरिको छ ।

जसको उप–सभापतिमा मिरा पराजुली ढकाल, निरकुमार कार्की, रूकमान मगर, सह–सचिव निरा खवास, मार्था प्याकुरेल निर्विरोध चयन गरिएको हो ।

यसैगरी सदस्यहरूमा खड्गकृष्ण भट्टराई, चक्रबहादुर श्रेष्ठ, रोशन खाती, भावना खवास, रिना खवास, ओम बास्तोला, गणेश ढकाल, यक्षबहादुर मगर, सुमन रूचाल, अभिषेख खतिवडा, खेम रूचाल, सन्तबहादुर बराईली,बाला सुव्वा तथा अर्जुन सुब्बा निर्विरोध निर्वाचत हुनु भएको छ ।नेपाली कांग्रेस भद्रपुर ९ नम्बर वार्ड समितिको आयोजनामा भएको एक भेलाले नर प्रसाद चौहानको सभापतित्वमा २१ सदस्यीय लक्ष्मी टोल समिति गठन गरेको छ । जस्मा उप–सभापति मिरा पराजुली ढकाल,निरकुमार कार्की,रूकमान मगर,सह–सचिव निरा खवास,मार्था प्याकुरेल सदस्यहरूमा खड्ग कृष्ण भट्टराई,चक्रबहादुर श्रेष्ठ,रोसन खाती,भावना खवास,रिना खवास ओम बास्तोला,गणेश ढकाल, यक्षबहादुर मगर,सुमन रूचाल,अभिषेख खतिवडा, खेम रूचाल, सन्तबहादुर बराईली, बाला सुव्वा र अर्जुन सुब्बा निर्वाचित भएका हुन् ।

वडा सभापति चेतनाथ भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा १ नं. क्षेत्रीय सभापति ईन्द्रबहादुर बुढाथोकी, महाधिवेशन प्रतिनिधि गोमा भट्टराई, पूर्व जिल्ला सदस्य राजेन्द्र रिजाल, नगर उप–सभापति रमेशकुमार झा लगायतले नवगठित समितिलाई शुभकमना दिएका थिए । नव निर्वाचित टोल सभापति नरप्रसाद चौहानले प्रतिबद्धता मन्तव्य दिएको कार्यक्रममा स्वागत मन्तव्य उप सभापति ईश्वर पोखरेलले तथा कार्यक्रम सञ्चालन सचिव चिरञ्जी भट्टराइले गरेका थिए ।