काँग्रेस प्रकाशपुर टोल समिति सभापतिमा अरूण मल्ल

भद्रपुर । नेपाली कांग्रेस भद्रपुर ९ नम्वर वडा समिति अन्र्तगत प्रकाशपुर टोल समितिको भेलाले अरूण मल्लको सभापतित्वमा १९ सदस्यीय प्रकाशपुर टोल समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उप–सभापतिमा उर्मिला पोखरेल, मोहन तिवारी, सचिव ज्योती चौहान, ध्रुव भण्डारी, स–सचिव दिपक खनाललाई सर्वसम्मत चयन गरिएको हो ।

यसैगरी सदस्यहरूमा क्रमशः कृष्णप्रसाद पोखरेल, निलिमा बस्नेत, शुशिला श्रेष्ठ, अपेक्षा सिग्देल, चन्द्रप्रसाद तिवारी, ईन्दिरा दाहाल, रमेश गिरी, भिमा सुब्बा लिम्बू, शुभम राजवंशी, धान्य सापकोटा, युवराज भट्टराई, उमानाथ रिमाल र धना श्रेष्ठ सर्वसंम्मत निर्वाचित भएका हुन् ।

नेपाली काँग्रेस भद्रपुर ९ नम्वर वडा सभापति चेतनाथ भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुभकामना मन्तव्य महाधिवेशन प्रतिनिधि गोमा भट्टराई ,जिल्ला सदस्य रमेश पोखरेल, पूर्व वडा सभापति गोपालप्रसाद श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि लावण्यप्रसाद पोखरेल लगायतले मन्तव्य राखेको कार्यक्रममा नव निर्वाचित टोल सभापति अरूण मल्लले प्रतिवध्दता मनतव्य दिएको कार्यक्रममा स्वागत मन्तव्य वडा उप–सभापति ईश्वर पोखरेले राखेको कार्यक्रम संचालन सचिव चिरञ्जीवी भट्टराईले गरेका थिए ।