माओवादी केन्द्र बुद्धशान्ति टोल तरबेज सेखको नेतृत्वमा गठन

भद्रपुर । नेकपा माओवादी केन्द्र भद्रपुर ५ अन्र्तगत तरबेज सेखको अध्यक्षतामा २५ सदस्यीय बुद्धशान्ति टोल कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्ष– मेहेरा देहेरी ,परिक्षण दास, भोलमान सेन्चुरी, सचिब–सुमित्रा हेमरम सह सचिब– गौर रायलाई निर्विरोध चयन गरिएको हो ।

कमिटी गठन कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओबादी केन्द्र) भद्रपुर नगर इन्चार्ज– नरेश सञ्जेल, अतिथि नगर अध्यक्ष– शिवराज भण्डारी, नगर उपाध्यक्ष– मो. हजरत अलि, वडा इन्चार्ज– डिल्ली रुचाल वडा नं –५ का अध्यक्ष– बुद्धिमान लिम्बू रहेका थिए ।