पारिजात टोल समितिको सभापतिमा टिका पौडेल

भद्रपुर । नेपाली कांग्रेस भद्रपुर ९ नम्बर वार्ड समितिले टिका पौडेलको सभापतित्वमा पारिजात टोल समिति गठन गरेको छ ।

समितिको उप–सभापति ख्यामकुमारी गौतम, नेत्रबहादुर खड्का, सचिव दिपक सिटौला, कृष्ण रिजाल, स–सचिव नवराज गौतम निर्विरोध चयन भएका हुन् ।

यसैगरी सदस्यहरूमा क्रमशः साईला बेस्रा, मंगल बेस्रा, नविन के सी, ईन्द्र चम्लागाई, मात्रिका खनाल, रामबहादुर राई, मुना प्रसाईं, गोविन्द भुर्तेल र जगदिश मर्डि निर्वाचित भएका छन् ।

नेपाली काँग्रेस भद्रपुर ९ नम्वर वडा सभापति चेतनाथ भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रममा नेपाली काँग्रेस झापा १ नंम्वर क्षेत्रीय सभापति ईन्द्र बुढाथोकी, महाधिवेशन प्रतिनिधि गोमा भट्टराई , पुष्प पौडेल जिल्ला सदस्य रमेश पोखरेल, पुर्व जिल्ला सदस्य राजेन्द्र रिजाल भद्रपुर नगर सचिव अनिता रिजाल, क्षेत्रीय प्रतिनिधि हुकम प्याकुरेलले नव गठित टोलसमितिलाई शुभकामना दिएका थिए भने नवगठित टोल सभापतिले प्रतिवध्दता मनतव्य दिएको कार्यक्रममा स्वागत मन्तव्य वडा उप–सभापति ईश्वर पोखरेले राखेको कार्यक्रम संचालन सचिव चिरञ्जीवी भट्टराईले गरेका थिए ।