‘स्वर कोकिला’ लता मंगेशकरको निधन

-एजेन्सी

भद्रपुर । भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएकी लताको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो । ‘स्वर कोकिला’ उपनामले परिचित लताको निधन आज भएको हो । मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा लताको निधन भएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । लताले ३६ भाषामा गीत गाएकी छन् । उनले गाएका कैयौं नेपाली गीत पनि लोकप्रिय छन् ।

लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् । उनको निधनमा भारतीय संगीत क्षेत्र शोकमा डुबेको छ । लता भारतको प्रतिष्ठित भारत रत्न, दादा साहेब फाल्केलगायत सम्मान तथा अवार्ड प्राप्त गायिका हुन् ।