मेलमिलाप दिवशको अवसरमा दीप प्रज्वलन

भद्रपुर । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर भद्रपुर १० चन्द्रगढी स्थित वीपी चौकमा दीप प्रज्वलन गरिएको छ ।

वीपीको मेलमिलाप नीति अनुसरण गरी नेपालको राष्ट्रिय एकतालाई अझै बलियो बनाउनुपर्ने आवश्यकता ठान्दै नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि गोमाकुमारी भट्टराईको नेतृत्वमा काँग्रेस कार्यकर्ता तथा शुभचिन्तकहरूले दीप प्रज्वलन गरेका हुन् ।

दीप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेस भद्रपुर ९ का वडा सभापति चेतनाथ भट्टराई, भद्रपुर १० का पूर्व वडा सभापति शालिग्राम नेपाल अग्रज काग्रेस कार्यकर्ता इन्द्रबहादुर कार्की, लावण्य पोखरेल लगायत वीपीको विचारसित सम्बद नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।