कलवलगुरी र प्रकाश एकता कृषि सहकारीको सभा सम्पन्न
भद्रपुर । भद्रपुर १० स्थित कलवलगुरी सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक सभाले नारायणप्रसाद चौलागाईको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।
४ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा पदमप्रसाद अधिकारी, सचिव निर्माणकुमार नेपाल, सहसचिव सुमना दाहाल चापागाई र कोषाध्यक्षमा कृष्ण काफ्लेलाई सर्वसम्मत चयन गरेको हो । यस्तै सदस्यहरूमा क्रमश रामजी दाहाल, नरमाया थापा पोखरेल, दुर्गाप्रसाद दाहाल, सरोज काफ्ले, गोमादेवी दाहाल र होमबहादुर पौडेल चयन भएका छन् ।
छविलाल सुवेदीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सभामा जेष्ठ नागरिक सम्मानबाट होमनाथ दाहाल र ठूमाकुमारी राजवंशीलाइृ सम्मान गरिएको थियो भने उत्कृष्ट सन्तति छात्रवृत्ति पुरस्कारबाट नगद १५००। सहित भिषजा खतिवडा र आयुष न्यौपानेलाई सम्मानित गरिएको थियो । उत्कृष्ट बचतकर्ता सम्मानबाट बिना लम्साल भट्टराई र सन्तोष राईलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, सहकारीका संस्थापक अध्यक्ष डिल्ली दाहाल, सहकारी संघ झापाका प्रतिनिधि भलाकाजी कठेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी भद्रपुर ९ स्थित प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ ।
संस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मान सहित विविध कार्यक्रम गरी सभा सम्पन्न गरिएको हो ।
संस्थाकी उपाध्यक्ष मञ्जु पोखरेलले स्वागत गरेको कार्यक्रममा उत्कृष्ट बचत तथा ऋण कारोवार गर्ने २÷२ जना शेयर सदस्य, उत्कृष्ट सन्तति सम्मान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रसेवक सहकारी संस्था भद्रपुरका अध्यक्ष वशिष्ठ अधिकारी , सामुदायिक वन उपभोक्ता समुह चन्द्रगढीका अध्यक्ष दुर्गाप्रसाद भट्टराई, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष चुडामणि मैनाली लगायतले मन्तव्य राखेका थिए ।