लेखनाथ पुस्तकालयमा विरही अधिकारीको नेतेत्वमा नयाँ समिति

भद्रपुर । भद्रपुर १० स्थित लेखनाथ पुस्तकालय चन्द्रगढीको ३६ औ वार्षिक साधारण सभाले विरही अधिकारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

पुस्तकालयको सभाहलमा सम्पन्न सभाले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हरिप्रसाद न्यौपाने , सचिव हरिकिशोर आचार्य , सहसचिव गीता सुवेदी नेपाल र कोषाध्यक्षमा गोपाल आचार्यलाइृ चयन गरेको हो । यसैगरी सदस्यहरूमा क्रमशः गोविन्द कोइराला र आरती पोखरेललाई सर्वसम्मत चयन गरिएको निर्वाचन समिति संयोजक घनेन्द्र शर्माले जानकारी दिएका छन् ।