बाह्रदशी जेसीजले स्थायी मान्यता पायो
भद्रपुर । बाह्रदशी जेसीजले नेपाल जेसीजको ४८ औं महाधिवेशनको महासभाबाट स्थायी मान्यता पाएको छ ।
पोखरामा जारी नेपाल जेसीजको महासभाले बाह्रदशी जेसीजलाई शाखाका रूपमा स्थायी मान्यता दिएको हो ।
मान्यता दिलाउनका लागि अमूल्य सहयोग गर्ने नेपाल जेसीज वर्ष २०२० का अध्यक्ष सिनेटर अशोक शंकर, निरुपित कार्यकारिणी उपाध्यक्ष सिनेटर विजय गुरुङ्ग, निरुपित उपाध्यक्ष जेसी गोविन्द पंगेनी उपाध्यक्ष जेसी विशाल थापा लगायत वोर्ड पदाधिकारी, देश भरिका शाखा अध्यक्ष, वर्ष २०२१ का अध्यक्ष सिनेटर अरूनेश्वर खनाल, निरूपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी अरूणकुमार दाहालज्यू, निरूपित उपाध्यक्ष रजनी थापा, लगायत वोर्ड पदाधिकारी, मातृत्व प्रदान गर्ने शाखा सुरुङ्गा जेसीज वर्ष २०२० का अध्यक्ष जेसी त्रिलोचन उप्रेती लगायत सिङ्गो शाखा परिवार, वर्ष २०२१ का अध्यक्ष जेसी यदुका उप्रेती ओलीज्यू लगायत बोर्ड पदाधिकारी, समर्थन गर्ने शाखा कमलनगर जेसीज वर्ष २०२० काअध्यक्ष जेसी हेम बहादुर दाहाल लगायत सिंगो शाखा परिवार, वर्ष २०२१ का अध्यक्ष जेसी छत्रपति खनाल (गोपाल) लगायत प्रति बाह्रदशी जेसीजका अध्यक्ष विगम श्रेष्ठले आभार प्रकट गरेका छन् ।