स्वर्गद्वारीको ८ औ सभा सम्पन्न

भद्रपुर । स्वर्गद्वारी कृषि सहकारी संस्था लि. भद्रपुर ८ को ८ औं वार्षिक साधरणसभा सम्पन्न गरिएको छ ।

संस्थाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता तथा कृषि विकास बैंक चन्द्रगढीका पूर्व प्रमुख प्रकाश दाहालको प्रमुख आतिथ्यमा सभा सम्पन्न गरिएको हो ।

अध्यक्ष थापाले वार्षिक गतिविधि प्रस्तुत गर्दै ९५८ शेयर सदस्य, रू.३०४७९०० शेयर पूँजी विवरण प्रस्तुत गर्दै वार्षिक कारोवार रू.२,७७,०४,४४८।५४ सहित कुल आम्दानी ३५,२८,५५३।९५ र मुनाफा ९,९६,४१६।०८ प्रस्तुत गरेका थिए ।

कार्यक्रममा देवीप्रसाद दाहाल शान्ति कृषक सहकारी संस्था, पवन कार्की कानुन व्यावसायी, टिकाप्रसाद उप्रेती नेशनल लाइफ इन्सुरेन्स चन्द्रगढी शाखाका तर्फबाट मन्तव्य राखेका थिए ।